विदेशमा कोरोना पीडित विद्यार्थीलाई सघाउन एक्शन टिम गठन

काठमाण्डौं – राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बिदेशमा अध्ययनरत विद्यार्थीहरुमा परेको समस्या र समाधानको निम्ती एक्सन टिम गठन गरी विद्यार्थीहरुको डाटा संकलन सुरु गरेको जनाएको छ ।

संघले बिज्ञप्ती प्रकाशीत गर्दे नेपाली विद्यार्थीहरु विदेशमा अध्ययन गर्न चाहने देशहरुमा मुख्यतय गरी ( Australia, Japan, U.S, Canada, New Zealand, UK, India, European Countries (Germany, France , Denmark, Cyprus) आदि देशहरुमा Corona-virus को प्रभाव परिरहेको छ ।

जसले गर्दा नेकाले यी संक्रमित बढि रहेका देशहरुमा समस्यामा परेका नेपाली विद्यार्थीहरुको डाटा संकलन गर्ने कार्य गरेका छ। समस्याको पहिचान गरेर ,विद्यार्थीहरुको आधारभुत आवश्यकता प्रत्याभुतीको लागि नेपालसरकार शिक्षामन्त्रालय, विदेश स्थित दुतावासहरु अन्तराष्ट्रिय गैर सरकारी सस्था, नेपाली परामर्श संघहरु सम्बन्धित विदेशी नियोगहरुमा बारम्बार रुपमा सुचनाको आदान प्रदान तथा छलफल गर्दै समस्याको समाधान तर्फ अगाडी बढिरहेको नेकाले जनाएको छ ।