टिआईएमा यसरी हुँदैछ अनलाइन कक्षा

काठमाडौँ – राजधानीको हात्तीगौँडास्थित तरुनग्राम इन्टरनेशनल एकेडेमी(टीआइए)ले अनलाइनमार्फत विद्यार्थीहरुको पढाइ सुरु गरेको छ । टिआइएले दैनिक अनलाइनमार्फत माध्यमिक शिक्षा परीक्षा (एसइइ)को तयारीमा रहेका विद्यार्थीहरुलाई कक्षा दिन थालेको हो ।

‘कोरोना संकटका कारण सबै लकडाउनमा बस्नुपर्ने र एकै स्थानमा भेला भएर तयारी गर्न सम्भव नभएपछि प्रविधिको सदुपयोग गर्दै अनलाइन कक्षा सुरु गरिएको टिआइएका सहायक प्राचार्य एसपि खतिवडाले खुल्लापाटीलाई जानकारी दिए । उनले भने – ‘हाम्रा शिक्षक शिक्षिकाले अभिभावकलाई अनलाइनमार्फत विद्यार्थीहरुलाई के कसरी तयारी गरिएको छ भनेर जानकारी लिने, सिकाउने तथा नबुझेका विषयमा जानकारी गराउने गर्नुहुन्छ ।’

उनका अनुसार लकडाउनका कारण पनि अनलाइन कक्षा प्रभावकारी बनेको छ । अभिभावक घरमैँ रहने अनि विद्यार्थीहरुलाई उहाँहरुले पनि केही निर्देशन दिने सिक्ने सिकाउने वातावरण बन्ने हुनाले पनि अनलाइन कक्षा प्रभावकारी बन्न पुगेको उनले बताए ।

अनलाइन कक्षामा विद्यार्थीहरुका लागि शिक्षक शिक्षिकाहरुले राखेका विषयगत पाठ्य सामग्री पढेर र श्रव्य–दृष्य हेरेर गृहकार्य गर्ने, आफ्नो काम अपलोड गर्ने, समस्याहरु राख्ने, गुगल मिटमा शिक्षकहरुले सञ्चालन गर्ने प्रत्यक्ष भिडियो कक्षामा सहभागी हुने सुविधा पाउने छन् ।

अनलाइन कक्षाको समय, समन्वय र व्यवस्थापनका लागि विद्यालयले सबै विद्यार्थीहरुलाई अनलाइन कक्षामा जोडेको विद्यालयले जनाएको छ । कोरोना त्रासमा विद्यालयले थालेको यस्तो कार्यले विद्यार्थीहरुलाई पनि शिक्षक सँगको दुरी कायम भैरहेका बेला प्रविधिले नजिकिन सहज बनाएको विद्यालयका एक अभिभावले बताए ।

विद्यार्थीहरुले अनलाईन कक्षाबाट आफूले घरमा रहँदा गरेका सृजनशील कार्य सबै साथीहरु र शिक्षक शिक्षिकालाई अनलाइनमार्फत नै देखाउन पाएका छन् भने उनीहरुमा पनि प्रविधि जान्नुका साथै सिक्ने क्षमता पनि वृद्धि भएको छ ।