लकडाउनमा मापसे गर्ने परे प्रहरी फन्दामा

काठमाडौँ । लकडाउनका कारण मुलुकभर सवारी आवागमन ठप्प भएको बेला मादक पदार्थ सेवन गरी सवारी चलाउने २१ जना कारबाहीमा परेका छन् । पसे गर्नेहरुको सवारी पास समेत खारेज गरिएको छ ।

लकडाउनका समयममा अत्यावश्यक कामका लागि भन्दै लिइएका पासको दुरुपयोग गरी मापसे गरेर सवारी चलाउनेलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।

पासलाई गलत रुपमा प्रयोग गर्ने, अनावश्यक रुपमा हिँडडुल गर्ने र पासलाई सानको रुपमा प्रयोग गर्नेको संख्या बढेको पाइएकाले सवारी पासको चेकजाँजमा कडाइ गरिएको उनले बताए ।

पासको दुरुपयोग गर्दै सावरी चलाउनेको संख्या बढिरहँदा ट्राफिक प्रहरीले मापसे जाँचलाई पनि निरन्तरता दिएको थियो ।

पासको दुरुपयोग भएको भन्दै एकहजार आठसय ४६ वटा सवारी साधनको पास खोसिएको छ । महाशाखाका अनुसार, लकडाउन अवधिमा आठहजार नौसय ७४ सवारी साधन कारवाहीमा परेका छन् ।