नेक्ससले गर्यो सबै शिक्षक कर्मचारीको विमा

काठमाडौँ – काठमाडौँ उपत्यकामा दैनिक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै जाँदा शिक्षक कर्मचारीको सुरक्षा तथा सामाजिक उत्तरदायित्व वहन गर्दै काठमाडौँको पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीले आफ्ना सबै शिक्षक कर्मचारीहरुको कोरोना विमा गरिदिएको छ ।

विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कोभिडको असर काठमाडौँका विभिन्न स्थानमा देखिन थालेको भन्दै आफ्ना शिक्षक कर्मचारीलाई विद्यालयले दायित्वबोध गर्दै कोरोना विमा गरिदिएको विद्यालयका संस्थापक प्राचार्य आरबी कटवालले खुल्लापाटीलाई जानकारी दिनुभयो ।

‘कोभिडका असर बढ्दो क्रममा रहेकाले हामीले हाम्रा शिक्षक, कर्मचारी लगायत विद्यालयमा कार्यरत सबैको कोरोना विमा गरिदिएका हौँ । संकटको यो घडीमा विद्यालयको यस कदमले सबै शिक्षक कर्मचारीहरुमा आत्मविश्वासका साथ भोलिका दिन कार्यक्षेत्रमा खटन आत्मबल दिने विश्वास लिएका छौँ । ’ उहाँले बताउनुभयो ।

विद्यालयमा प्लेग्रुपदेखि १० सम्म सम्पूर्ण शिक्षक कर्मचारी गरी १३१ जना कार्यरत छन । कार्यरत सबैको विमा गरिएको प्राचार्य कटवालले जानकारी दिनुभयो ।

‘ कोही कसैलाई कोरोना संक्रमण नदेखियोस् हामी सबै अभिभावक, विद्यार्थीमा यो कामना गर्छौँ । तर हामीले टेलिभिजन कक्षामा शिक्षक/शिक्षिका खटाएका छौँ । अनलाइनमा त डे वान देखि नै उहाँहरु खटिइरहनु भएको छ । त्यसैले उहाँहरुमा केही नहोस् हामी कामना गर्छौँ । तर भन्दाभन्दै पनि कथंकदाचित कोरोना पोजेटिभ भएमा मेरो विद्यालयले यति गरिदिएकाले राहत मिल्यो भन्ने आभास दिने भएकाले विमा गरिदिएका हौँ । विद्यालयको यस कार्यले विद्यालयले मेरा शिक्षक र शिक्षकले मेरो विद्यालय भन्ने भावना जागृत गराउने विश्वास लिएको छु ।’ उहाँले थप स्पष्ट पार्नुभयो ।

पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । शुक्रबारमात्र काठमाडौँ उपत्यकामा ४५४ जनामा संक्रमण पुष्टि भएको छ । जुन हालसम्मकै धेरै संक्रमित भेटिएका हुन ।

र, यो पनि पढ्नुहोस :

नेक्सस स्कुलद्धारा पिपिई हस्तान्तरण