सुनको भाउ स्थिर, यस्तो छ आजको कारोबार

काठमाडौँ – आज शुक्रबार सुनको भाउ स्थिर रहेको छ। अघिल्लो दिन तोलामा एक हजार ६०० रुपैयाँले घटेको सुनको भाउ आज भदौ ५ मा भने स्थिर रहेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।