समानुपातिकमा कुन दलको कति मत ?

काठमाडौँ -समानुपातिक निर्वाचन प्रणालीतर्फ ९० लाखभन्दा बढी मतगणना भएको छ। निर्वाचन आयोगका अनुसार आइतबार बेलुकासम्म ९० लाख २३ हजार ३४६ मतगणना हुँदा नेकपा एमाले पहिलो स्थानमा कायमै रहेको छ।

एमालेले अहिलेसम्म २४ लाख ६४ हजार ६९४ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको २३ लाख ४५ हजार ३५१ मत छ।

नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा यथावत छ। उसले १० लाख ३० हजार ७५६ मत पाएको छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख १६ हजार ४४२ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३४ हजार ५२३ मत पाएको छ भने जनता समाजवादी पार्टीले ३ लाख ९ हजार २९ मत पाएको छ।

जनमत पार्टीले २ लाख ४३ हजार २८५ मत पाउँदा नेकपा एकीकृत समाजवादीले २ लाख ४१ हजार १४४ मत पाएको निर्वाचन आयोगले जनाएको छ।