मोरक्कोले बेल्जियमलाई २–० ले हरायो

काठमाडौँ –कतारमा जारी विश्वकप फुटबलमा मोरक्कोले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको ७३ औँ मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए।

खेलको इन्जुरी समयमा मोरक्कोका जाकारियाले अबुख्लालले दोस्रो गोल गरेका थिए। बेल्जियमले आफ्नो पहिलो खेलमा क्यानडालाई हराएको थियो भने मोरक्कोले क्रोयसियासँग बराबरी खेलेको थियो।