निजी विद्यालयलाई एक महिनाको शुल्क नलिन यसरी पठाएको थियो पत्र

काठमाडौँ । निजी विद्यालयले एक महिना वा चैत्र महिनामध्ये कुनको शुल्क नलिने वा फिर्ता गर्ने भन्ने सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत्र महिनाको शुल्क नलिन स्पष्ट पत्राचार गरेको छ ।

अब निजी विद्यालयहरुले अभिभावकहरुसँग चैत्र महिनाको शुल्क लिन नपाउने लिएको भए फिर्ता गर्नुपर्ने छ । चैत्र १६ गतेको मन्त्रिपरिषद्को बैठकले राहतका कार्यक्रम अन्तर्गत यस विषयलाई पनि समेटेको थियो । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै केन्द्रले प्याब्सन, एनप्याब्सन र हिसानलाई चैत मसान्त भित्रै एक महिनाको शुल्क नलिने व्यवस्था गर्न भनेको हो ।