देशभरका शिक्षालय दुई दिन शोक बिदा

काठमाडौँ–   देशभरका शिक्षालय बन्द गरी दुई दिन शोक बिदा दिइने भएको छ । प्याब्सन, एनप्याब्सन, हिसान लगायतका संस्थाले संयुक्त विज्ञप्ति जारी गरी यही २४ र २५ गते दुई दिन शोक बिदा दिने निर्णय गरेको हो । समाजसहित समग्र शैक्षिक क्षेत्र अस्तव्यस्त बनेकाले धैर्य संयमता कायम गर्न मागसहित दुई दिन शोक बिदा दिने निर्णय गरिएको प्याब्सन महासचिव आर.बी. कटवालले जानकारी दिनुभयो ।

यसअघि जेनजीको आन्दोलनमा सोमबार साँझसम्म १९ जनाको मृत्यु भएको छ । हालसम्म ३५० बढी घाइते भएका छन । सरकारले काठमाडौँ, ललितपुर, रुपन्देही, पोखरा लगायत विभिन्न स्थानमा कर्फु आदेश जारी गरेको छ ।