काठमाडौँ– भ्रष्टाचार विरोध र सामाजिक सञ्जालउपर प्रतिबन्ध फुकुवाको मागसहित देशभर भएको जेनजीको आन्दोलनमा सोमबार साँझसम्म १९ जनाको मृत्यु भएको छ । सोमबार विहान ९ बजेपछि स्वतःस्फूर्तरुपमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि सरकारको बर्बर दमनका कारण यो समाचार तयार पार्दासम्म १९ जनाको मृत्यु भएको हो ।
हालसम्म ३५० बढी घाइते भएका छन । सरकारले काठमाडौँ, ललितपुर, रुपन्देही, पोखरा लगायत विभिन्न स्थानमा कर्फु आदेश जारी गरेको छ । जेनजीको आन्दोलनमा व्यापक दमनसँगै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन ।
सामाजिक सञ्जाल नखोलिने, छानबिनका लागि समिति गठन
यसैबीच जेनजीको प्रमुख माग रहेको सामाजिक सञ्जाल प्रतिबन्ध नखोलिने भएको छ । सोमबार साँझ बसेको मन्त्री परिषद बैठकले प्रतिबन्ध नखोल्ने बरु जेनजी आन्दोलनबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

