एसइईको नतिजा सार्वजनिक

काठमाडौँ–माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । गत चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना रहेका छन् भने ८९ हजार १२४ जनाले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् ।

२.४ देखि २.८ सम्म ४८ हजार ४७९ ले ल्याउँदा ४ हजार १२६ जना विद्यार्थीले २ देखि २. ४ जीपीए पाएका छन् भने ८ जना २ जीपीएभन्दा कम ल्याएका छन् ।

त्यस्तै, १२६ जनाको परीक्षा रद्ध गरिएको छ ।