नेक्ससकी म्युजिक शिक्षिका कुन्ती मोक्तान नेपाल म्युजिक एण्ड अवार्ड नेशनल एकेडेमी अवार्डबाट सम्मानित

काठमाडौँ– वरिष्ठ गायिका कुन्ती मोक्तान नेपाल म्युजिक एण्ड अवार्ड नेशनल एकेडेमी अवार्डबाट सम्मानित हुनुभएको छ । राष्ट्रपति भवन शीतल निवासका आयोजिक एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ गायिका मोक्तानलाई नेपाल म्युजिक एण्ड अवार्ड नेशनल एकेडेमी अवार्डबाट सम्मानित गर्नुभएको हो ।

गीत संगीत क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे लगायत हुनुहुन्थ्यो । वरिष्ठ गायिका मोक्तानले करिब एक दशकदेखि नेक्सस इन्टरनेशनल एकेडेमीमा म्युजिक शिक्षण गर्दै आउनुभएको छ ।