नेक्ससको अर्को सफलता, विद्यालयस्तरीय चित्रकलामा बन्यो सर्वप्रथम

काठमाडौँ –मानवता अभियानले आयोजना गरेको विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी सर्वप्रथम भएको छ । नेक्सस सर्वप्रथम बन्दा अरुणिमा सेकेण्डरी स्कुल दोस्रो भयो भने कौशल इङ्गलिस स्कुल तेस्रो बने ।

नेक्ससकी श्रीयान्सी न्यौपाने र युनिशा खड्काले प्रथम स्थान हासिल गर्दा अरुणिमा सेकन्डरी स्कुलकी श्रीकन्या चाम्लिङ र आरोही खरेल, तथा कौशल इङ्लिस सेकन्डरी स्कुलका रोशन तामाङ र सुजल कडरियाले तेस्रो बने । विद्यार्थीहरूमा सिर्जनात्मकता र कलात्मक अभिव्यक्तिको अभिवृद्धिका लागि गरिएको कार्यक्रममा मानवता अभियानसहित विभिन्न कलाकारहरूको समुपस्थिति थियो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल, प्याब्सन केन्द्रीय समिति र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।