काठमाडौँ–पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले प्याब्सन बागमती प्रदेशस्तरीय चित्रकला प्रतियोगितामा पहिलो भएको छ । साथै नेक्ससले एकैपटक थप चार विधामा अवार्ड हात पारेको छ । प्याब्सन बागमती प्रदेशको आयोजना र प्याब्सन सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको संयोजनमा भएको प्रतियोगितामा नेक्ससकी श्रीयांशी न्यौपानेले प्रथम स्थान हासिल गरिन् ।
उक्त प्रतियोगितामा नेक्ससले बेस्ट क्रियटिभ कन्सेप्ट, बेस्ट आर्ट, बेस्ट क्रियटिभ र बेस्ट थिमेटिक गरी थप चार विधामा पुरस्कृत भएको छ । नेक्ससका आर्यन थापाले पुरुषतर्फ बेस्ट क्रियटिभ कन्सेप्ट , आदित्य ठाकुरले बेस्ट आर्ट र स्यम विशुंखेले बेस्ट थिमेटिक एक्सप्रेसनमा जित हासिल गरेका हुन् । सबिरा पौडेलले महिलातर्फ बेस्ट क्रियटिभ कन्सेप्टको अवार्ड हात पारिन ।
हरित बागमती,स्वच्छ,सुन्दर प्रदेश शीर्षकमा आयोजित चित्रकला प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाबाट ७२ विद्यार्थीहरु सहभागी थिए । प्याब्सनले जिल्लागत तहमा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरुबीच प्रदेश तहमा प्रतिस्पर्धा गराएको थियो । विजेता विद्यार्थीहरुलाई विद्यालयमा एक कार्यक्रमबीच संस्थापक प्राचार्य आरबी कटुवालले बधाई तथा शुभकामना दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।
साथै निरन्तरको मेहेनतले नै सफलता हासिल गर्न सक्षम भईने भन्दै उहाँले आगामी दिनमा पनि थप जित हासिल गर्न शुभकामना दिनुभयो । यसका लागि विद्यालयले निरन्तर अभिप्रेरित गरिरहने उहाँको भनाई थियो ।