राष्ट्रव्यापी ब्याडमिन्टनमा नेक्सस प्रथम

काठमाडौँ–पेप्सकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीकी छात्रा स्वर्लिन श्रेष्ठ राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगितामा सिंगल र डबल दुवैमा प्रथम भएकी छिन । १४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद २०२५ मा ब्याडमिन्टन एकल तथा युगल प्रतिस्पर्धामा उनले देशभरबाट प्रथम स्थान हासिल गरेकी हुन् ।

स्वर्लिन बागमती प्रदेश अन्तर्गत सहभागी भएकी उनले जितसँगै गोल्डमेडल, ट्रफी, नगद तथा प्रमाणपत्र प्राप्त गरिन । स्वर्लिनले यसअघि पनि विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै आइरहेकी छिन । जितपछि विद्यलयका संस्थापक प्राचार्य आरबी कटुवालले भन्नुभयो –‘ विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि हामीले अध्यापनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आइरहेको सर्वविदितै छ । विद्यालयकी लगनशील र मेहेनती स्वर्लिनको जित विद्यालय नेक्ससको मात्र नभई सिंगो देशको भएको अनुभूति गरेका छौँ । ’

उनले विद्यार्थीलाई आगमी दिनमा पनि उत्कृष्ट नतिजाका लागि शुभकामना दिएका छन ।