काठमाडौँ– पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले लोकतान्त्रिक प्रणालीको अवलम्बन गर्दै विद्यालयका क्याप्टेन तथा हाउस क्याप्टेनहरु विद्यार्थीहरुमार्फत मतदान गराएको छ । चुनावमा जुनिएर र सिनिएर छुट्टा छुट्टै कोटाका लागि १४० जना प्रतिस्पर्धामा उत्रिएका थिए । जुनिएर र सिनिएर छुट्टा छुट्टैका लागि करिब ८ सय जना विद्यार्थीहरुले मतदान गरेका थिए ।
मत गणना भने आइतबार गरिने विद्यालयले जनाएको छ । विद्यार्थीहरुबीच लोकतान्त्रिक पद्धतिको ज्ञान अभिवृद्धि गर्न तथा चुनाव र प्रणालीबारे व्यवहारिक जानकारी गराउन विद्यालयले हरेक वर्ष यसैगरी क्याप्टेन र भाइस क्याप्टेन चुन्ने गरेको विद्यालयका संस्थापक प्राचार्य आरबी कटुवालले जानकारी दिनुभयो ।
‘ चुनाव र यसको प्रणाली सिकाउने तथा लोकतान्त्रिक विधिबारे जानकारी दिलाउने यो नै एक महत्वपूर्ण अनुभवजन्य ज्ञान भएकाले हामीले हरेक वर्ष यसरी नै अभ्यास गराउने गरेका छौँ । यसले विद्यार्थीहरुमा स्वच्छ प्रतिस्पर्धा र लोकतान्त्रिक पद्धतिबारे ज्ञान पुग्ने गर्छ ।’ उहाँले खुल्लापाटीलाई जानकारी दिनुभयो । मतदानमा विद्यार्थीहरुसँगै प्राचार्य कटुवालसहित अन्य शिक्षक शिक्षिकाले पनि मतदान गर्नुभएको थियो ।