काठमाडौँ– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को १६ औँ महाधिवेशनको अन्तिम नतिजा सार्वजनिक भएसँगै प्याब्सनका नवनिर्वाचित पदाधिकारीले सपथ तथा पदभार ग्रहण गरेका छन ।
प्याब्सनमा १६ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा कृष्ण अधिकारी, सहअध्यक्षमा गोपाल आचार्य वरिष्ठ उपाध्यक्षमा दिपिका रिमाल, उपाध्यक्षहरुमा आशिष श्रेष्ठ, थकिन कुमार गुरुङ, महासचिव आर. बि. कटुवाल, कोषाध्यक्ष गणेशबाबू पोखरेल, उपमहासचिवमा भिमसेन के सि, भुवन लाल श्रेष्ठ लगायत निर्वाचित भएका छन । निर्वाचत सबै पदाधिकारीले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन ।निवर्तमान अध्यक्ष डिके ढुंगानाले सबैलाई बधाइ ज्ञापन गर्दै शुभकामना दिनुभएको थियो ।