प्याब्सन १६ औँ महाधिवेशन : मतगणना सुरु

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को १६ औँ महाधिवेशनको विभिन्न पदमा भएको चुनावी प्रतिस्पर्धाको मतगणना जारी छ । मंगलबार सम्पन्न मतदान लगत्तै राति ८ बजेदेखि मतगणना सुरु भएको हो । मतदानमा प्याब्सनका ७ प्रदेशका १४०७ प्रतिनिधिले मत हालेका छन । यद्यपि १४९९ प्रतिनिधि थिए ।

प्याब्सन महासचिव आरबी कटुवालका अनुसार कोशी प्रदेशबाट २५४, मधेश प्रदेशबाट २१७, वागमती प्रदेशबाट ४२७, गण्डकी प्रदेशबाट १४४, लुम्बिनी प्रदेशबाट २६७, कर्णालीबाट ४१ र सुदुरपश्चिम प्रदेशबाट ५७ जनाले मतदानमा भाग लिएका छन । अध्यक्ष, कोषाध्यक्ष र सुदुरपश्चिमका चार सदस्य भने निर्विरोध निर्वाचित भैसकेका छन । बाँकी रहेका पदमा चुनाव भएको हो ।

सह अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला खुला उपाध्यक्ष १, खुला उपाध्यक्ष ५, प्रदेश उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव एक महिलासहित ४, सहकोषाध्यक्ष एक महिला सहित दुई र केन्द्रीय सदस्यका ३१ पदमा चुनाव भएको थियो ।