प्याब्सन महाधिवेशन : पूर्व अध्यक्षहरुको अपिलले गरेन काम, भयो चुनावी प्रतिस्पर्धा

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन) को १६ औँ राष्ट्रिय महाधिवेशनमा मुख्य पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गराउने प्याब्सनका पूर्वअध्यक्षहरुको प्रयास असफल भएको छ । अपिल नै गरेर मुख्य पदाधिकारीलाई सर्वसम्मत गराउन चाहेका उनीहरुले प्याब्सनलाई दलको घेराभित्र पर्न दिन नहुने भन्दै अध्यक्ष, सह अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा चुनावी प्रतिस्पर्धा गराउनु भन्दा सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गरेका थिए ।

तर प्याब्सनिष्टहरुले नमानेपछि मंगलबार चुनाव भएको छ । यद्यपि अध्यक्ष र कोषाध्यक्षमा भने निर्विरोध चयन भएका छन । अध्यक्षमा कृष्ण अधिकारी र कोषाध्यक्षमा गणेशबाबु पोखरेल निर्विरोध निर्वाचित भएपनि अन्य पदमा भने चुनाव भएको छ ।