केएमसीमा छालाको अत्याधुनिक उपचार सुरु

काठमाडौँ –नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिलकुमार शर्माको काठमाडौँको सिनमंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) ले अत्याधुनिक प्रविधिको प्रयोगको प्रयोग गरी छालाजन्य विभिन्न रोगको उपचार सुरु गरेको छ ।  गुणस्तर र सर्वसुलभ उपचार सेवा उपलब्ध गराउँदै आएको केएमसीले अत्याधुनिक मेशिन जडान गरी छालाजन्य रोगको उपचार सुरु गरेको हो ।

केएमसीमा अहिले छालासँग सम्बन्धी उपचार गर्ने उच्च क्षमताका ५ वटा उपकरण जडान गरिएको अस्पताल प्रशासनले जनाएको छ । यी अत्याधुनिक मेशिन जडानसँगै अब रौं हटाउनेदेखि अनुहार चाउरी हुनबाट रोक्नेसम्मको उपचार गर्न सकिने भएको छ । केएमसीमा हेयर रिडक्सन लेजर मेसिन, पिकोसेकेन्ड लेजर सिस्टम, माइक्रोनेडलिङ रेडियो फ्रिक्वेन्सी डिभाइस, सिओ२ लेजर स्मोक इभ्याकुएटर र स्किन एनालाइजर बिट्मोजी जडान भएका हुन् ।

उक्त उपकरणको साहयताबाट दक्ष चिकित्सकको साथ सहित उपचार गर्ने व्यवस्था केएमसीले मिलाएको हो । नेपालको प्रभावकारी अस्पतालका रूपमा परिचित केएमसीले यो सुविधा औसत शुल्कमै उपलब्ध गराउने उद्देश्यका साथ छालाको रोग निवारण गर्ने एआईमा आधारित मेसिन ल्याएको बताइएको छ ।

केएमसीका अनुसार उक्त मेसिनबाट दर्जनौं छालासँग सम्बन्धित समस्याको सहज उपचारको सम्भव रहेको छ । नेपालमा सीमित संख्यामा यस्ता किसिमको उपकरण राखेर उपचार गराएका ता पनि अब भने एकै ठाउँमा सबै किसिमका छालाका समस्याको निवारण गर्ने व्यवस्था केएमसीले मिलाएको हो ।

१६ वर्ष माथिका उमेर समूहका व्यक्तिहरूले यो लाभ केएमसीबाट प्राप्त गर्नसक्ने छन् । केएमसीले छाला सम्बन्धी अन्य रोगको पनि उच्च प्राथमिकता दिँदै उपचार गर्दै आएको जनाएको छ ।

कुन उपकरणबाट के हुन्छ उपचार रु केएमसीबाट प्राप्त जानकारी :

हेयर रिडक्सन लेजर मेसिन

यो मेसिनबाट भविष्यको कपाल वृद्धिलाई रोक्न, कपाल नष्ट गर्न प्रयोग गरिन्छ । जसलाई रौं मन पर्दैन उसको रौं यो मेसिनबाट स्थानीय रूपमा हटाउन सकिने केएमसीले बताएको छ । केएमसीमा यो मेसिन भएकाले अनुहार, छाती, काखी, यौन, खुट्टा वा कुनै पनि ठाउँमा आएको रौं यसबाट हटाउन सकिने छ ।

केएमसीका अनुसार रौं हटाउँदा निश्चित समय भने उपचारलाई निरन्तरता दिनु पर्ने हुन्छ । लेजरले कपालमा रहेको पिग्मेन्टलाई मात्र लक्षित गर्छ । त्यसैले यसले वरपरको छालालाई हानि नगर्ने केएमसीले बताएको छ ।

पिकोसेकेन्ड लेजर सिस्टम

पिकोसेकेन्ड लेजर सिस्टम एक प्रकारको उन्नत लेजर टेक्नोलोजी हो । यसबाट छाला सम्बन्धित थुप्रै समस्या समाधान गर्ने विकल्प दिइएको हुन्छ । उमेर अनुसारको दाग, घामको दाग, मेलास्मा र फ्रिकल्स जस्ता अनावश्यक छालाको पिग्मेन्टेसन कम गर्न यो मेसिनबाट गर्न सकिन्छ । केएमसीका अनुसार यसबाट कोलाजेन उत्पादनलाई उत्तेजित गर्न, छालाको बनावट सुधार गर्न, फाइन लाइनहरू साथै चाउरी पन कम गर्न र समग्र छाला कायाकल्पलाई बढावा दिन्छ ।

पिकोसेकेन्ड लेजरहरूले छाला निको पार्ने र कोलाजेन रिमोडेलिंगलाई बढावा दिएर, दाग भएको छालाको बनावट र टोन सुधार गरेर एक्ने दागको उपस्थिति कम गर्न मद्दत गर्छ । यो मेसिनको अनुहारको उपचार भइसकेपछि जुनसुकै उमेर समूहका व्यक्तिलाई योङ फेसको लुक्स दिने केएमसीले बताएको छ ।

माइक्रोनेडलिङ रेडियो फ्रिक्वेन्सी डिभाइस

यो एक कस्मेटिक उपचार उपकरण हो । यो यन्त्र सामान्यतया छाला कडा बनाउन र छालाको बनावट सुधार गर्न प्रयोग गरिन्छ । यो प्रक्रियाले दाग कम गर्नुका साथै छालाको टोनलाई पनि कम गर्न मद्दत गर्दछ । न्यूनतम डाउनटाइमको साथ छालाका चिन्ताहरूलाई नयाँ विकल्प प्रदान गर्ने केएमसीले बताएको छ । यसको साहयताबाट चायापोतोको उपचार गराउन सकिने केएमसीले बताएको छ ।

सिओ२ लेजर स्मोक इभ्याकुएटर

केएमसीका अनुसार यस मेसिनको साहायताबाट मुसा तथा कोठी लाई हटाइन्छ । कुनै पनि किसिमका एन्टिबायोटिक सेवन नगरिकन यसका उपचार गर्न सकिने बताइएको छ । छालामा आएका मासुका डल्लाहरू यस मेसिनको सहायताबाट निकाल्न सकिन्छ ।

स्किन एनालाइजर बिट्मोजी

स्किन एनालाइजरले छालाको स्वास्थ्य र अवस्थाको मूल्याङ्कन गर्न डिजाइन गरिएको हो । हाइड्रेसन, बनावट, छिद्रा, चाउरी जस्ता कारकहरू विश्लेषण गर्ने यो यन्त्रको प्रयोग गरी उपचार गरिने केएमसीले बताएको छ ।

छाला हेरचाहको लागि व्यक्तिगत सिफारिसहरू प्रदान गर्न क्यामेरा वा सेन्सर सहयताले यस उपकरणबाट अनुहारको अवस्था हेरि आवश्यक उपचारको सुझाव दिइन्छ । यो एआईमा आधारित प्रविधि भएकाले यसले छिटो छरितो तरिकाले उपचार गर्न सकिने केएमसीको भनाई छ ।