काठमाडौँमा एकाएक तोकियो निषेधित क्षेत्र, अब ५ जनाभन्दा बढी भेला हुन नपाईने

काठमाडौँ –जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही स्थान तोकेर निषेध क्षेत्र आदेश जारी गरेको छ । प्रशासनले फागुन २५ देखि दुई महिनासम्मका निम्ति भन्दै निषेधित क्षेत्र सम्बन्धी आदेश जारी गरेको हो ।

जिल्ला प्रशासनले राष्ट्रपतिको कार्यालय शीतलनिवास, बालुवाटार, सिंहदरबार, लैनचौर, संसद् भवनसँगै नयाँ बानेश्वर आसपास स्थान तोकेर निषेधित क्षेत्रको आदेश जारी गरेको हो ।

ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, जुलुस, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।