काठमाडौँ – काठमाडौँको शान्तिनगरमा रहेको अष्ट्रेलिया तथा अन्य देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि उपर्युक्त गन्तव्यस्थल ग्लोबल कन्सल्टले अष्ट्रेलिया एडमिशन डे सम्पन्न गरेको छ । अष्ट्रेलियाको युनिभर्सिटी र कलेज रिप्रिजेन्टिटिभसँग प्रत्यक्ष भेटघाट गरी भिषा लगायतबारे जानकारी गराइएको ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक भोजराज न्यौपानले जानकारी दिनुभयो ।
पढन जान चाहनेलाई डकुमेन्ट र फाइनान्सिएल लगायतका प्रक्रियाबारे ९ युनिभर्सिटीबाट प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा अभिभावक र विद्यार्थीहरुलाई जानकारी दिएका थिए । अष्ट्रेलिया पढन जान अब असम्भव भयो भन्नेहरुलाई आजको कार्यक्रमले स्पष्ट पारेको उहाँले बताउनुभयो । ‘ अब अष्ट्रेलिया पढन जान सम्भव हुन्न भन्नेहरुलाई आजको कार्यक्रमले खुलस्त पारिदिएको छ । सम्भव नभएको नभई उपर्युक्त कन्सल्टेन्सी चयन गरी डकुमेन्ट राम्रो तयारी गरेमा भिषा लगायतमा समस्या पनि नहुने तथा पढन जान चाहनेलाई कुनै पनि कठिनाई नरहेकोबारे अभिभावकसहित विद्यार्थीहरुले सूचना लिनुभएको छ । यसले उहाँहरु लगायतको दुविधा हटेको हामीले पाएका छौँ ।’ उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा अष्ट्रेलियाका ९ वटा युनिभर्सिटीका प्रतिनिधि सहभागी थिए भने पढन जान चाहनेलाई ऋण सहजीकरण लगायतका लागि बैकिङ पार्टनरको रुपमा नबिल बैंकका प्रतिनिधिले पनि समन्वय गरेका थिए । कार्यक्रममा अभिभावसहित करिब २ सय विद्यार्थीहरुले जानकारी लिएका थिए ।