संस्कार स्कुलको २० औँ अभिभावक दिवस भब्य रुपमा सम्पन्न

काठमाडौँ – काठमाडौँको तारकेश्वर–२ मा रहेको संस्कार स्कुलले २० औँ अभिभावक दिवस भब्य रुपमा सम्पन्न भएको छ । न्याय परिषद सदस्य दामोदर खडकाको प्रमुख आतिथ्यतामा भएको अभिभावक दिवसमा विद्यालयबाट गत वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा युकेजी सम्मका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो ।

साथै विद्यालयका विद्यार्थीमध्ये बेस्ट व्बाई अफ दि एअरको रुपमा प्रदीप बयलकोटी र बेस्ट गर्ल अफ दि एअरको रुपमा आर्जु थापालाई विद्यालयले सम्मान गरेको थियो । विद्यालयमा कार्यरत शिक्षक शिक्षिकामध्ये ५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक कर्मचारीलाई पनि विद्यालयले नगद पुरस्कारसहित सम्मान गरेको थियो ।

अभिभावक दिवसमा उपस्थित अभिभावकहरुलाई हास्य कलाकार सुरविर पण्डितले आफ्नो प्रस्तुतीमार्फत मनोरञ्जन दिनुभएको थियो भने कक्षा नर्सरीदेखि ९ कक्षासम्मका विद्यार्थीहरुले गायन, नृत्यमार्फत प्रस्तुती दिएका थिए ।