काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले हरेक वर्ष आयोजना गर्ने उपत्यकाव्यापी चित्रकला प्रतियोगिता अन्तर्गतको १३ औँ संस्करण यसपटक पनि भव्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा भ्याली पब्लिक स्कुलकी प्रकृति शाक्यले प्रथम स्थान हासिल गरेकी छिन ।
त्यसैगरी बेस्ट ग्रुप भिजन स्कुलका सुजित कुमार राम दोस्रो भए भने ओम ज्ञान मन्दिरकी विभाना कटुवाल तेस्रो भइन् । रेडियन्ट रिडर्स एकेडेमीकी अंशिता रायमाझी चौथो र नेपाल प्रहरी स्कुल साँगाका युजिन गुरुङले पाँचौँ स्थान हासिल गरे । प्रतियोगितामा आयोजक विद्यालय सहभागी भएको थिएन ।
१३ वर्षदेखि आयोजना हुँदै आएको प्रतियोगितामा आयोजक विद्यालय सहभागी हुँदा निष्पक्षतामा प्रश्न उठने भएकाले आयोजक नेक्सस सहभागी नभएको नेक्ससका संस्थापक प्राचार्य आरबी कटुवालले जानकारी दिनुभयो ।
आन्तरिक प्रतियोगितामा कक्षा ८ को वर्चश्व
उपत्यकाव्यापी चित्रकला प्रतियोगिताकै अवसरमा नेक्ससले आन्तरिक रुपमा आफना विद्यालयका विद्यार्थीहरुबीच पनि चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा कक्षा ८ का विद्यार्थीहरुले वर्चश्व जमाएका छन । प्रतियोगितामा कक्षा ८ की युनिशा खड्का प्रथम, कक्षा ८ कै श्रेयांशी न्यौपाने दोस्रो, कक्षा ८ कै सुविया ढकाल तेस्रो हुँदा सोही कक्षाका अयुभ चौथो भए । कक्षा ७ का आदित्य ठाकुरले पाँचौ स्थान हासिल गरे ।
विजयी सबै विद्यार्थीहरुलाई प्रमुख अतिथि इन्टरनेशनल वाटरकलर सोसाईटी अफ नेपालका अध्यक्ष एन बी गुरुङले पुरस्कृत गर्नुभयो । प्रतियोगितामा वरिष्ठ चित्रकार राजन कुमार खडका र साफा अध्यक्ष श्रीजित भासिमा निर्णायक हुनहुुन्थ्यो ।