काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ । विद्यालय प्राङगणमा भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रष्फुटन गरेका थिए ।
अभिभावक दिवसमा विद्यालयका संस्थापक प्राचार्य आरबी कटुवालले विद्यालयले हालसम्म हासिल गरेका उपलब्धि लगायतबारे जानकारी दिनुभएको थियो ।
दक्ष तथा अनुभवी तालिमप्राप्त शिक्षकहरुमार्फत संस्कारसहितको शिक्षालाई आत्मसात गरी अघि बढिरहेको नेक्ससले उत्कृष्ट शैक्षिक कार्यक्रमको निरन्तरताका लागि क्याम्ब्रिज अंग्रेजी ऐसेसमेन्ट कार्यक्रम, डिजि स्कुलसँगको सहकार्यमा विश्वका ५० बढी देशमा लागु भएको कम्प्युटर पाठ्यक्रम लगाइएको जानकारी दिनुभयो । इन्टरनेशल प्रि स्कुल र इन्टरनेशनल प्राइमरी स्कुलको प्रोग्राम लगाइएको जानकारी दिनुभयो । नेक्सस आइपीसी करिकुलम लगाइएकाले अमेरिका, फिनल्याण्ड लगायतका देशमा लगाइएको पाठ्यक्रम लागु गरिएको जानकारी दिनुभयो । विद्यार्थीहरुको मानसिक तथा बौद्धिक विकासका लागि स्टिम एजुकेशन सुरु गरिएको जानकारी दिनुभयो । नेक्ससले २०६८ मा बोर्ड पाँचौँ र त्यसपछिका हरेक वर्ष उत्कृष्ट नतिजा कायम गर्दै २०७९ सालमा जनसंख्या विषयमा देशभरमा सर्बोत्कृष्ठ अंक ल्याएको जानकारी दिनुभयो ।
अतिरिक्त क्रियाकलापमा फिजम कप, अर्किड कप, प्रतिभाको आँगन कार्यक्रम, चित्रकला, नृत्यकला, कविता, हाजिरीजवाफ, गीत, गजल लगायतका उपत्यका तथा राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत सबै प्रकारका कार्यक्रममा उत्कृष्ट स्थान हासिल गर्दै आइरहेकाले ती प्रतियोगितामा जितको बाढी नै ल्याएको उहाँले जानकारी दिनुभयो । फिनल्याण्ड, चिली, युगाण्डा, मोरक्को लगायतका देशमा पनि फुटबल खेल खेल्न पुगिसकेको, क्रिकेट लगायतका प्रतियोगिताका लागि एकेडेमी मार्फत खेलाडि उत्पादनमा लागि हालका राष्ट्रिय टिमका गुल्सन झा लगायतका खेलाडि उत्पादन गरिएको जानकारी दिनुभयो । फुटबल, क्रिकेटसहित व्याडमिन्टन, टिटी, आर्ट लगायतका प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेको उहाँले जानकारी दिनुभयो । साथै भक्तपुर काठमाडौँ र ललितपुरमा आइपीसीको शाखा खोली शैक्षिक उन्नयनमा लाग्ने पनि जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न विद्यार्थीहरुले आकर्ष नृत्य तथा गायन लगायतका कलाहरु प्रस्तुत गरेका थिए भने विद्यालयले विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पराज ढकाल, उपप्रमुख टेकेन्द्र ढकालले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पराज ढकालले विद्यालय र अभिभावकबीच समन्वय भए मात्रै विद्यालय र विद्यार्थीले उत्कृष्ठ नतिजा हासिल गर्न सक्ने बताउनुभयो । नेक्ससले संस्कारसहितको शिक्षाका लागि नेक्सस उत्कृष्ट गन्तव्य भएकाले शिक्षासहित सर्बाङगीण विकासका लागि नेक्सस सही भएको विश्वास व्यक्त गर्नुभयो ।