नेक्सस फिजम कपको विजेता

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले यस सिजनको फिजम कप फुटबलको उपाधि उचालेको छ । फोरम अफ इन्ष्टिच्युशनल स्कुल मेनेजर्स ( फिजम) को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा अर्किड प्युपल स्कुललाई २–० ले पराजित गर्दै नेक्ससले उपाधि जितेको हो ।

नेक्ससका जर्सी नं ८ का सन्दीप श्रेष्ठ र जर्सी नं १२ का सन्दीप राईले समान एक एक गोल गर्दै जित दिलाएका थिए । राईले प्रतियोगिताको म्यान अफ दि म्याचको उपाधि पनि जितेका छन । प्रतियोगितामा फिजम आबद्ध १६ टिम सहभागी थिए ।

प्रतियोगितामा नेक्ससका कोच राजेश श्रेष्ठले बेस्ट कोच, नेक्ससकै रोयन शाहीले बेस्ट गोलकिपर, सन्दीप श्रेष्ठले बेस्ट प्लेयर र आर्यन थापाले बेस्ट स्ट्राइकरको उपाधि जिते ।