केएमसिको स्वास्थ्य टोलीबाट मुलपानीमा निःशुल्क स्वास्थ्य उपचार, ५०० ले गराए स्वास्थ्य परीक्षण

काठमाडौँ – नेपाली कांग्रेसका नेता, प्रतिनिधि सभा सदस्य सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको मूलपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कागेश्वरी मनोहरा थलीमा माउन्ट एभरेष्ट स्कूलको आयोजनामा भएको स्वास्थ्य शिविरमा करिब ५ सय जनाको स्वास्थ्योपचार गरिएको थियो ।

शिविरमार्फत गरिब, असहाय तथा स्थानीयबासीले स्वास्थ्योपचार सेवा लिएका थिए । शिविरमा ५७ जनाको ल्याब परीक्षण, ५३ जनाको अल्ट्रासाउन्ड, २४ जनाको ईसीजी गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयो । शिविरमा स्वास्थ्य उपचार गराएका २९ जनालाई भने भने शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको र ९ जनाको दाँत खोलिएको उहाँले स्पष्ट पार्नुभयो ।

केएमसी र नोबेल सांसद सुनील शर्माले सम्हालेपछि सामाजिक उत्तरदायित्व अन्तर्गत सुगम तथा दुर्गमका विभिन्न स्थानमा पुगी निरन्तर हेल्थ क्याम्प तथा अन्य ढंगबाट सेवा सुविधा दिइने गरेको अस्पताल प्रशासनले जनाएको छ ।