निष्ट सेभेन ए साइड फुटबल : गेटवेलाई हराउँदै नेक्सस फाइनल प्रवेश

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी १२ वर्ष मुनिका विद्यार्थीहरुबीचको फष्ट निष्ट सेभेन ए साइड फुटबलको फाइनल प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनलमा गेटवे एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै नेक्सस फाइनल प्रवेश गरेको हो । नेक्ससका केभिन दुवालले निर्णायक गोल गर्दै टिम फाइनल पुर्याए । उनी खेलको म्यान अफ दि म्याच समेत भए ।