गोल्डेन हेण्डसेकको सूचनामा संशोधन

काठमाडौँ –शिक्षा तथा मानवस्रोत विकास केन्द्रले गोल्डेन हेण्डसेकका लागि यसअघि जारी गरेको सूचनामा संशोधन गरेको छ । अस्थायी शिक्षकले पाउने सुविधा गोल्डेन हेण्डसेकका लागि केन्द्रले यसअघि प्रकाशन गरेको सूचनामा सशोधन गरेको हो ।

केन्द्रले पुस ६ गते प्रकाशित गरेको अस्थायी शिक्षकले पाउने सेवा सुविधा प्रदान गर्ने प्रयोजनका लागि अस्थायी सेवा गणना गर्ने आधारको बुँदा नं। (झ) हटाई संशोधित गरिएको सूचना प्रकाशित गरेको छ । यसअघि केन्द्रले पुस ६ गते सूचना जारी गरेको थियो ।