युनिभसंल लर्निङ ग्रुपको इन्फरमेशन सेसन सम्पन्न

काठमाडौँ -युनिभर्शल लर्निङ ग्रुपको बारेमा जानकारी गराउने उदेश्यले नेपाल शैक्षिक परामर्श संघ इक्यान ललितपुर शाखाले एक इन्फर्मेसन सेसनको आयोजना गरेको छ। कार्यक्रममा ललितपुर इक्यानका अध्यक्ष उपेन्द्र देव ढकालले खादा लगाई युनिभर्शल लर्निङ ग्रुपका मार्केटीङ अफिसर सञ्जय कर्णलाई स्वागत गर्नु भयो।

उक्त इन्फर्मेसन सेसनमा युनिभर्शल लर्निङ ग्रुपका मार्केटीङ अफिसर सञ्जय कर्णले उपस्थित सम्पूर्ण शैक्षिक परामर्श ब्याबसायीहरूलाई आफ्नो ग्रुपमा संचालीत शैक्षिक कार्यक्रम हरूको बारेमा जानकारी गराउनु भयो।

युनिभर्शल लर्निङ ग्रुप अन्तर्गत युनिभर्शल हायर एजुकेशन, युनिभर्शल इन्स्टिच्युट अफ टेक्नोलोजी, युनिभर्शल इङ्लिस र दि विल्लीएम लाइट इन्स्टिच्युट संचालीत रहेका छन्। युनिभर्शल हायर एजुकेशनमा ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र ब्याचलर अफ मल्टीनेश्नल फिल्म प्रडक्सनको अध्ययन अध्यापन भैरहेको छ।

त्यस्तै युनिभर्शल इन्टिच्युट अफ टेक्नोलोजी भोकेशनल एजुकेशन प्रोभाइडर हो। जसमा सर्टिफिकेट फो इन बिल्डीङ एन्ड कन्स्ट्रक्सन, डिप्लोमा अफ प्रोजेक्ट मेनेजमेन्ट र एड्भान्स डीप्लोमा अफ प्रोग्राम मेनेजमेन्ट संचालीत रहेका छन्। युनिभर्शल इङ्लिसमा जेनेरल इङ्लिस कोर्स हरू र बारीष्टा कोर्स संचालीत छ।

कार्यक्रममा ललितपुर इक्यानका सदस्य, प्रत्रकार र अन्य जिज्ञासु हरूको बाक्लो उपस्थित रहेको थीयो। कार्यक्रममा शाखाका पूर्वअध्यक्ष प्रकाश महत, निवर्तमान अध्यक्ष सुरेन्द्र पोखरेल, कोषाध्यक्ष सनम महर्जनलगायतले कलेज र कोर्सका बिषयमा रहेको दुबीधाका बारेमा जिज्ञासा प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रम शाखाका सचिव वीरेन्द्र वज्राचार्यले संचालन गर्नु भएको थियो। कार्यक्रम भब्य सब्य र मर्यादित तबरबाट सम्पन्न भएको शाखाका उपाध्यक्ष अरबिन्द सिंङले मिडिया समक्ष जानकारी गराउनु भयो।