टिआइएमा शिक्षक शिक्षिकालाई सिकाई प्रभावकारिता तालिम

काठमाडौँ –काठमाडौँको बुढानिलकण्ठ नगरपालिका अन्तर्गत हात्तीगौँडास्थित ठुङरम इन्टरनेशन एकेडेमी अर्थात टिआइए स्कुल शिक्षक शिक्षिकालाई इन्द्रजात्राको अवसरमा बिदा भएन । विद्यार्थीहरुलाई बिदा दिइएको भएपनि उक्त दिन विद्यालयले शिक्षक शिक्षिकालाई तालिम आयोजना गरियो ।

विद्यालयका सबै शिक्षक शिक्षिकालाई कक्षाकोठा व्यवस्थापन, विद्यार्थीहरुको मनोविज्ञान र सिकाईमा कसरी प्रभावकारिता ल्याउने लगायतबारे तालिम गराइएको विद्यालयकी निर्देशक लैला लामाले जानकारी दिनुभयो ।

विद्यालयले मासिक र उपर्युक्ततता हेरेर शिक्षक शिक्षिकालाई तालिम दिने गरेको भन्दै उहाँले जसरी पेन्सिल तिखार्दा स्पष्ट लेख्न सकिन्छ त्यसैगरी शिक्षक शिक्षिकाको क्षमता पहिचान र विद्यार्थीहरुमा सो को प्रयोगका लागि तालिम महत्वपूर्ण हुने भएकाले विद्यालयले तालिम गराएको जानकारी दिनुभयो ।