लोयल्टीमा विद्यार्थी सम्मान र बिदाई

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ मण्डिखाटारस्थित लोयल्टी एकेडेमीले एसइई र कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मानसहितको बिदाई गरेको छ ।

विद्यालयमा भएको कार्यक्रममा पूर्वमन्त्री गगन थापाले विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्दै उज्ज्वल भविष्यको कामना गर्नुभयो । उहाँले भन्नुभयो –‘विद्यार्थी देशविकासका मेरुदण्ड हुन् अध्ययनशील त हुनु पर्छ नै असल व्यक्तित्व विकास पनि हुनुपर्छ । यसका लागि लोयल्टी जस्ता संस्था उपर्युक्त थलो हुन्’ ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष विजय साम्बेहाम्फेले लोयल्टीबाट अध्ययन सकेर विभिन्न स्थानमा विद्यार्थीहरु पुगेको जानकारी दिँदै जुनसुकै कुनामा भएपनि देश अभिभावक र गुरुगुरुआमा प्रतिको दायित्व असल बनी निर्वाह गर्न आग्रह गर्नुभयो ।

लोयल्टीले हरेक वर्ष एसइई र कक्षा १२ मा उत्कृष्ठ नतिजासहित विद्यार्थीहरु उत्तीर्ण हुनुले विद्यालयले लिएको लक्ष्य र विद्यार्थीको भविष्यका लागि बाटो देखाउन सफल भएको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।