मिस नेपाल प्रियंका बनिन् ओएसिसको ब्राण्ड एम्बेसडर

काठमाण्डौ- यस वर्षकी मिस नेपाल प्रियंका रानी जोशीलाई ओएसिस एजुकेशनले ग्लोबल ब्राण्ड एम्बेसडर घोषणा गरेको छ । काठमाडौँमा एक कार्यक्रमबीच ओएसिस एजुकेशनले मिस नेपाल जोशीलाई ब्राण्ड एम्बेसडर घोषणा गरेको हो ।

कार्यक्रममा ओएसिसका सञ्चालक कुशल के.सीले मिस नेपालको माध्यमबाट ओएसिसका साझेदार शिक्षण संस्थाहरुले उपलब्ध गराउने गुणस्तरीय शिक्षाबाट सेवाग्राहीले प्रशस्तै लाभ उठाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो –‘ ओएसिसको सेवा सुविधाबाट लाभ उठाउन सक्ने धेरै भन्दा धेरै नेपाली विद्यार्थीर्हरुमा यस संस्थाको सेवा तथा जानकारी पुर्याउन सहयोग हुने विश्वाससहित मिस नेपाल प्रियंकालाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौँ । उहाँको कौशलता र उदारताका गुण हाम्रो कार्य शैलीसँग मिल्ने हुनाले हाम्रो यस साझेदारी निकै नै फलदायी हुनेछ।”

कार्यक्रममा मिस नेपाल प्रियंकाले सानो उमेरमै प्राप्त गरेका थुप्रै उपलव्धिको प्रमुख कारण स्तरीय शिक्षा भएको भन्दै शैक्षिक क्षेत्रमा योगदान दिन पाउँदा उत्साहित भएको बताउनुभयो । ‘सन् २०१२ देखि नै विद्यार्थीहरुलाई उत्तम शैक्षिक परामर्श तथा भिसा प्रोसेसिङ गर्न सहयोग गर्दै आएको यस कम्पनीसंग आबद्ध हुँदा म उत्साहित छु । ’ उहाँले बताउनुभयो ।

ओएसिस र द हिडन ट्रेजरको लामो समयको सम्बन्ध रहेको छ । यस अघि यस संस्थाको ब्राण्ड एम्बेसडरका रुपमा मिस नेपाल वोल्र्ड २०१८ श्रृङ्खला खतिवडा रहेकी थिइन् ।