मेन्टर इन्स्टिच्युटले अष्ट्रेलियन शैक्षिक मेला गर्ने

काठमाडौँ- १९ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल बनेको मेन्टर इन्स्टिच्युटले यहि १७ जुनमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । नयाँ बानेश्वर स्थित दि एभरेस्ट होटलु काठमाडौंमा शैक्षिक मेलाको आयोजना गर्न लागेको हो ।

शैक्षिक मेलामा २० भन्दा बढी शैक्षिक संस्थाका नेपाल प्रतिनिधिहरूले वैदेशिक अध्ययनमा जान इच्छुक विद्यार्थीहरुलाई शैक्षिक परामर्श लगायत जानकारी दिनेछन । विद्यार्थीहरुका शैक्षिक विषयका कुनै पनि जिज्ञाशा र समस्याको समाधान पनि मेलाबाट खोजिने आयोजकले जनाएको छ । मेलामा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरिने भएको छ । मेला स्थलमै इच्छुक विद्यार्थीहरुको सम्बन्धित कलेजमा भर्ना प्रक्रिया पनि अगाडि बढाइने छ।

मेलामा अष्ट्रेलियाका प्रतिष्ठित र उत्कृष्ट कलेज, विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाका प्रतिनिधीहरुलाई बोलाएर पोष्ट स्टडी वर्कको सम्भावना र वैदेशिक बसाईको आयामका बारे समेत जानकारी आयोजकले गराउने छन्। मेलाको अवलोकन गर्न आउने विद्यार्थीहरुलाई आकर्षक उपहारहरु पनि प्रदान गरिने मेन्टर इन्ष्टिच्युटले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा विद्यार्थीहरुले १०० भन्दा बढी कोर्षका बारे जानकारी लिने अमूल्य अवसर पाउनेछन्। मेलाको प्रमुख आकर्षण भेट प्रोभाईडर हरु रहने छन् ।

ठूलो संख्यामा विद्यार्थीहरु आकर्षित पाइएको ूभेट कोर्षले सजिलै सँग रोजगारको अवसर प्राप्त गर्नका लागि तालिम तथा क्षमता अभिवृद्धि गराउन सहयोग पुर्याउने आयोजकले जनाएको छ । अष्ट्रेलियाको उत्कृष्ट शैक्षिक प्रणाली तथा त्यहाँको गुणस्तरीय जीवन (यापनले गर्दा नेपाल बाट अध्ययनमा जाने हरेक विद्यार्थीहरुको रोजाइमा अष्ट्रेलिया पर्ने गर्दछ। मुख्यतः यस शैक्षिक मेलाको उद्देश्य अष्ट्रेलियाको शैक्षिक प्रणालीको महत्व र आवश्यकताको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु रहेको छ।

मेन्टर इन्स्टिच्युटको नेतृत्वमा हेमन्त भट्टराई हुनुहुन्छ जो हाल International Education Representatives’ Initiative of Nepal (IERIN) को अध्यक्ष पनि हुनुहुन्छ।