काठमाडौँ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को महाधिवेशन आज हुँदैछ। प्याब्सनको १५औँ राष्ट्रिय महाधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ।
अध्यक्षमा डिके ढुंगाना, महासचिवमा आरबी कट्वाल र कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने सर्वसम्मत चयन भैसकेका छन । त्यस्तै प्रदेशअन्तर्गत उपाध्यक्षमा बागमतीबाट थकिनकुमार गुरुङ र कर्णालीबाट नैनसिंह खत्री निर्विरोध चयन भएका छन् । महाधिवेशनमा देशभरबाट २ हजार ३ सय ४० प्रतिनिधि सहभागि हुँदै छन् ।