सूर्यविनायक नगरपालिकाले आजदेखि विद्यालय खोल्यो

भक्तपुर- भक्तपुरस्थित सूर्यविनायक नगरपालिकाले नगरभित्रका कक्षा ९ देखि १२ सम्म सञ्चालित विद्यालयहरु आजदेखि सञ्चालनमा ल्याएको छ । स्वास्थ्य मायदण्डको पूर्ण पालना गर्दे पठनपाठन गर्ने सक्ने गरी नगरसमितिले निर्णय गरेपछि आजदेखि कक्षा ९ देखि १२ सम्मका कक्षा सञ्चालनमा आएका हुन ।

तर पूर्व प्राथमिक देखि कक्षा ८ सम्मको हकमा भने दशै अगावै भौतिक उपस्थितिमा कक्षा सञ्चालन नहुने भएको छ । कक्षा सञ्चालन नभएपछि स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।

त्यस्तै नगरपालिको नगरभित्रका अन्य सामुदायिक तथा संस्थागत विद्यालयहरु भने आगामी कार्तिक ७ गते देखि खुलाउने निर्णय गरेको छ ।