स्कुल खोल्नासाथ बन्द गर्न निर्देशन

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा विद्यालय आजदेखि खुले । विद्यालय खुलेपछि विद्यालय जान पाउँदा विद्यार्थीहरु मख्ख थिए तर जिल्ला प्रशासन कार्यालयले विद्यालय बन्द गराउन निर्देशन दिएको छ । एकपक्षीयरुपमा विद्यालय खोलाएको भन्दै जिल्ला प्रशासन कार्यालयले बन्द गर्न निर्देशन दिएको हो।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेलाई टेलिफोन गरेर निर्देशन दिएको सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

दक्षिणकाली र शंकरापुर नगरपालिकाले पनि विद्यालय खुलाउन माग गरेपनि आफूहरुले अनुमति नदिएको प्रशासनले जनाएको छ । डेल्टा भेरिएन्टसहितको मिश्रित संक्रमणदर भएकाले तत्काल स्कुल खुलाउने अवस्था नरहेको उनको भनाई छ । यसअघि नगरपालिकाले सर्वपक्षीय छलफलबाट भदौ १५ गतेदेखि विद्यालय खुला गर्ने निर्णय लिएको थियो ।