२४ घण्टामा ३,१२५ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा २२७९ जना र एन्टिजेन परीक्षणबाट ८४६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले २४ घण्टामा १३ हजार ८११ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको जनाएको छ । त्यस्तै कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ भने १९२५ जना संक्रमणमुक्त भएका छन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ पुगेको मन्त्रालयले जनाएको छ ।