राजीनामा फिर्ता लिन अलमुताइरीलाई एन्फा अध्यक्षको आग्रह

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राजीनामा फिर्ता लिन आग्रह गरेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् ।

साफ च्याम्पियनसिप नजिकै आईसकेको कारण टिमको तयारी प्रभावित हुने भन्दै मुख्य प्रशिक्षक अलमुताईरीलाई अध्यक्ष शेर्पाले राजीनामा फिर्ता लिन आग्रह गरेका हुन।

आइतबार प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिने बताएका थिए । जसमा उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको उल्लेख गरेका थिए ।