२४ घण्टामा ह्वात्तै बढ्यो कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ३४ सय २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० पीसीआर र ५ हजार ३२ एन्टीजेन गरि १७ हजार २७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित पाइएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना संक्रमणमुक्त भएका छन ।  यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९९३ जना छन् । काठमाडौंमा ६७१, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप २५ जनाको मृत्यु भएको छ ।  अहिले सक्रिय संक्रमित २७ हजार ९०७ जना छन् जसमध्ये अहिले ६६९ जना आइसियु र १६६ जना भेन्टिलेटरमा रहेका छन् ।