सिटिईभिटीले सार्वजनिक ग-यो परीक्षा तालिका

परीक्षा नियन्त्रण कार्यालय सिटिईभिटिले डिप्लोमा तहका विशेष प्रविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम तथा बायोमेडिकल इक्यूपमेन्ट इन्जिनियरिङका लागि नियमित तथा आंशिक परीक्षा यही साउन २५ गतेदेखि गर्ने भएको छ ।

सिटिईभिटीले परीक्षाको परीक्षा तालिका सार्वजनिक गरी यसको जानकारी दिएको हो । कोरोना भाइरसको संक्रमणका कारण परीक्षा स्थगित गरिएका थिए ।

सिटिईभिटीले डिप्लोमा प्रमाणपत्र तहका परीक्षामा कोभिड(१९ को संक्रमित भई परीक्षा छुट भएका परीक्षार्थीहरुका लागि पनि परीक्षा तालिका सार्वजनिक गरेको छ ।