२४ घण्टामा ८ हजार ४१८ जनामा संक्रमण, ५३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८ हजार २२७ जनाको पीसिआर परीक्षण र १३१ जनाको एन्टिेजेन परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १७ हजार ३१५ जनाको पीसीआर र ९८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।

५३ जनाको मृत्यु
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको ज्यान गएको छ ।