कोरोनाबाट थप ६ जनाको मृत्यु, कति पुगे संक्रमित

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा थप ३ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यो सँगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ। पछिल्लो २४ घण्टामा ३ सय ८३ जना निको भएर फर्किएका छन्।

कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ। हाल सम्म सक्रिय कोराना संक्रमितका संख्या ३ हजार ६ सय ९३ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७५ पुगेको छ ।