एन्फा र नेपाल नगरपालिका संघबीच फुटबल विकासका लागि सहकार्य

काठमाडौँ -अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल नगरपालिका संघबीच नेपाली फुटबल क्षेत्रको विकासका लागि सहकार्य भएको छ । शुक्रबार नगरपालिका संघसँग एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुबीच समझदारी पत्रमा हस्ताक्षर भयो ।

फुटबल विकासको लागि एन्फा र नगरपालिकाबीच खेलकुद प्रतियोगितासहित विविध कार्यमा सहकार्य हुने सम्झौतमा उल्लेख छ ।
एन्फा र नगरपालिका संघबीच दुई वर्षको सम्झौता भएको हो । आवश्यकता अनुसार सम्झौता थप हुने बताईएको छ ।

सम्झौतापछि बोल्दै नगरपालिकाका अध्यक्ष श्रेष्ठले नेपालमा खेलकुद विकासका लागि यस सम्झौता कोशेढुंगा सावित हुने बताए ।

एन्फाका अध्यक्ष शेर्पाले फुटबललाई स्थानीय तहसम्म जोड्न यस सम्झौता महत्वपूर्ण हुने बताए ।