नेपालमा कोरोना : थप २२ जनाको मृत्यु, १९४५ संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ ।त्यस्तै, एकै दिन पाँच हजार भन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन ।

विगत २४ घन्टामा ५ हजार ३ सय ६४ जना कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८ प्रतिशत रहेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० हजार ३ सय ४० वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार २ सय पाँच पुरुष र ७ सय ४० जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । काठमाडौं उपत्यकामा थप १ हजार १ सय सात जना कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ८ सय ६२, ललितपुरमा १ सय ७४ र भक्तपुरमा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार ३ सय १७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेश १ मा १ सय ६८, प्रदेश २ मा ५९, गण्डकी प्रदेशमा १ सय ४५, लुम्बिनी प्रदेशमा १ सय ८१, कर्णालीमा १२ र सुदूरपश्चिम प्रदेशमा ६३ जना कोरोनभाइरस संक्रमित थपिएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ रहेको छ । तीमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५ हजार ६ सय ५ जना संस्थागत आइसोलेसनमा रहेका छन । संक्रमित मध्ये ४ सय ३ जना आईसीयु र ६३ जना भेन्टिलेटरमा रहेका छन् ।

कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १६ लाख ४३ हजार ८ सय ९९ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले देशभरका क्वारेन्टिनमा बस्नेहरुको संख्या ७ सय ५३ जना रहेको छ ।