सडक कालोपत्रे नगरेको भन्दै स्थानीय आन्दोलित

ललितपुर- ललितपुरको सुनाकोठी–चापागाउँ सडक धुलाम्य भएको वर्षौं भइसक्दा पनि सडक कालोपत्रे नगरिएको भन्दै स्थानीय फेरि आन्दोनमा उत्रिएका छन् ।

नेवाज क्लब र स्थानीयहरुले संयुक्त रुपमा सडक बनाउन दबाब दिदै आइतबार बिहानैदेखि सडक अवरुद्ध गरेका हुन ।

सुनाकोठी, ठेचो, चापागाउँ सडक खण्ड विस्तारको गर्ने भन्दै भत्काइए पनि ठेकेदारले वर्षौंसम्म सडक अलपत्र छाडेपछि स्थानीयले गत वर्ष सडक नै अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए ।

पछि सडक खुलाउने विषयमा सहमति भएपनि हालसम्म सडक निर्माण हुन सकेको छैन। २०७१ सालमा ललितपुरको सातदोबाटोदेखि चापागाउँको टाहाखेलसम्मको सडक दायाँबायाँ ११/११ मिटर फराकिलो बनाउने गरी ठेक्का सम्झौता भएको थियो ।

सडक निर्माणको ठेक्का शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएको थियो ।