३५१७ संक्रमित थपिए, थप १६ जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको मन्त्रालयले जनाएको छ । १४ हजार ९८९ जनाको परीक्षण हुँदा २ हजार १५६ पुरुष र १ हजार ३६१ महिला गरी ३ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको हो ।

थप १६ जनाको मृत्यु

यसैबीच, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४०९६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।