थप ४,४९९ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

काठमाडौँ -नेपालमा आज थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । जसमा ४६ हजार ६९१ सक्रिय संक्रमित छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५ हजार ४८८ पुगेको छ ।

कोरोनाबाट थप १७ जनाको मृत्यु

यसैबीच, नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८२९ पुगेको छ ।