कोरोना अपडेट : थप १८ जनाको मृत्यु, ३७९० थपिए

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसमा ४० हजार ७७८ सक्रिय संक्रमित छन् । त्यस्तै योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २३३५ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ ।

थप १८ जनाको मृत्यु

यसैबीच, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३३५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ ।