४ करोड बढी संक्रमित, नेपाल संक्रमित बढी हुनेको ३५ औँ नम्बरमा

काठमाडौँ –कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वमा ४ करोड २ लाख ६८ हजार ४९६ पुगेको छ । त्यस्तै हालसम्म ११ लाख १८ हजार २९४ जनाले ज्यान गुमाएका छन् ।

विश्वमा अहिले सक्रिय संक्रमितको संख्या ९० लाख ३८ हजार ४५४ पुगेको छ । उनीहरुमध्ये ७१ हजार ९७२ जनाको अवस्था गम्भीर छ ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या ८३ लाख ८७ हजार ७९९ पुगेको छ । त्यस्तै भारतमा ७५ लाख ४८ हजार २३८ जनामा संक्रमण भएको छ ।  भारतपछि ब्राजिलमा ५२ लाख ३५ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणको टप ५० भित्र रहेको नेपाल संक्रमित बढी हुनेको ३५ औँ नम्बरमा पुगेको छ । नेपालमा हालसम्म १ लाख ३२ हजार २४६ जनामा संक्रमण भएको छ ।